नेपालीले काम रोकिदिएपछि दशगजा मिचेर बनाएको सडक भारतीय पक्षले भत्कायो
विराटनगर १० पुस । नेपाली पक्षले काममा अवरोध गरेपछि भारतले दशगजमा निर्माण गरेको सडक भत्काउन थालेको छ । भारतीय पक्षले नियमविपरीत मोरङको जहदामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काएकाmे हो ।
नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार बिहानबाट सडक भत्काउन थालेको हो। मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो। दशगजा मिचेर निर्माण सुरु गरेको सडकको स्थानीय प्रशासनले रोकेपछि त्यसबारे मंगलबार सञ्चार माध्यममा समाचार आएको थियो।
यसपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले सडक भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए। भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर भारतले सडक निर्माण सुरु गरेको थियो। बिहारका विधायकको कोषबाट दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।