नेपाली बौद्ध धर्मवलम्वीलाई विदेश घुमाउने सोचमा पासाङ शेर्पा
पछिल्लो समय नेपालमा पर्यटकहरुलाई आर्कषण गर्न नेपाल सरकार लगायत पर्यटन व्यावसायी लागि परिरहेको समयमा सोलुखुम्बुका पासाङ् शेर्पा भने पर्यटन क्षेत्रमा भिन्न रुपबाट आफ्नो व्यावसया सुरु गरेका सन् । सन् १९९६ बाट नेपालको राजधानी प्रवेश गरी काम सुरु गरेको शेर्पा पर्यटन व्यावसायी भित्रको एक सफल व्याक्तिकै रुपमा लिन सकिन्छ । सुरुमा भरिया हुदै यस क्षेत्रमा लागेको शेर्पाको आफ्नै कम्पनी र होटल पनि छ । तीन दाजुभाई मिलेर माउण्टेन शेर्पा टे«किङ्, नामक कम्पनीबाट विगत २००१ देखि व्यावसायिक रुपमा अगाडि बढेको शेर्पाले नेपालीले पनि अन्य देश गुम्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।
नेपाल सरकारको भिजन २०२० लाई सफल र सहज भनाउन पनि नेपालीहरु विदेशका विभिन्न देशमा घुम्नु पर्ने आवश्यता रहेको शेर्पाले महसुस गरेर नै यो व्यवसाय सुरु गरिएको बताउछन । । करिब २१ भन्दा बढी देशको भ्रमण गरिसकेको शेर्पाले विशेष बौद्ध धर्मवलम्बीहरुलाई मध्यनजर गरी यो व्यावसाय सुरु गरेको वताए । नेपालको बौद्ध धर्मवलम्वीहरुले श्रीलंक, भुटान, भारत र टिबेट लगायत देशहरु गुम्नै पर्ने शेर्पाको तर्क छ ।
बौद्ध धर्मवलम्वीहरुको पवित्र तीर्थ स्थलको रुपमा लिएको श्रीलंकाको एडम्पिक, अनुराधापुरा, सिग्रीया, पोलोननरुवा, धामबुला, क्यान्डी सिटी, साथै कोलोम्बोसिटी, भुटानको पारो, थिम्पु, पुनखा, भुमथाङ, टाइगरनेष्ट, र टिबेटको ल्हासा, ल्हासा वरीपरी सम्पूर्ण गुम्बाहरु, कैलास हिमाल, मनोसरोबर, (ताल) हरु गुम्नु पर्ने र यसका लागि सुलब रुपमा आफुले गुमाउने सोच राखेर यस कार्यको सुरुवात गरिएको वताए ।
शेपाले अहिले सम्मकै सबैभन्दा सस्तोमा श्रीलंक, भुटान, टिबेट र भारत लगायत विभिन्न देशमा भ्रमणका लागि लाने गरेका छन् ।शेर्पाका अनुसार कम्पनीबाट भ्रमणको लागि यात्रा तय गर्दा विश्वाशिलो पनि हुने उनको भनाई छ । तत्कालका लागि शेर्पाले श्रीलंकका ८५ हजारमा, भुटान १ लाख ८८ हजारमा र टिबेट १ लाख ६५ हजार प्याकेज तयार गरिएर व्यावसाय अगाडि बढाएका छन् । समुहमा आउनेलाई विशेष छुट सहित भ्रमण आयोजना गर्न सक्ने भएको पनि शेर्पाले बताए ।
राजधानीको लाजिम्पाटमा होटल सम्पदा गार्डेन समेत सञ्चालन गरि रहेको शेर्पाले यसरी नयाँ ढंङ्गाबाट व्यावसाय गुरु गरिएको बताउछन । नेपाल बुद्ध जन्मेको देश भएको र यहाँ विशेषगरी बौद्ध धर्मवलम्बीहरुले नेपाल लगायत अन्य विभिन्न देशमा रहेको बौद्ध तिर्थस्थलहरुलाई भ्रमण गर्ने इच्छा चहाना हुदा हुदै पनि प्रयाप्त जनाकारी नभएको कारण त्यहाँ सम्म पुग्न नसकेको तितो यर्थाथलाई मनन गर्दै यसरी नेपालीलाई अन्य देशमा गुम्ने वातावतरण श्रृजना गरिएको वताउनु भयो । शेर्पाले यस व्यवसायका लागि २०१८ बाट नेपाल टे«किङ्ग टुरिजम एण्ड एड्भेन्चर प्रा। लि। नामक संस्थाको स्थापना गरी व्यावसाय सुरु गरेका हुन् । नेपालको पर्यटन व्यावसायीहरुले यसरी कार्य सुरु गर्दा सिजनमा नेपालमा व्यास्ता भएपनि अफ सिजन हुदा पनि खालि बस्नु नपर्ने भएको हुनाले यास्तो व्यावसायलाई रामै्र रुपमा लिन सकिन्छ ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=466s