नेपाली लोक संगीतको क्षेत्रमा नयाँ आयाम थप्दै सुश्मा ठकुरी
नेपाली लोक संगीतको क्षेत्रमा नयाँ नयाँ अनुहारहरु दिनानुदिन प्रवेश भइरहेका छन । लोक सस्कृतिको संरक्षण गर्दै आफनो पहिचानको लागि विशेष गरेर नयाँ नयाँ अनुहार आइरहेका छन । जसका कारण नेपाली संगीतको क्षेत्रमा नयाँ आयाम थपिनुका साथै नेपाली श्रोता तथा दर्शकहरुले पनि नयाँ नयाँ संगीतको स्वादहरु लिन पाएका छन । यसलाई एउटा विकासको रुपमा लिन सकिन्छ ।
लोक संगीतको क्षेत्रमा आफनो भविष्य खोज्दै गायिका शुस्मा ठकुरी नेपाली लोक संगीतमा प्रवेश गरेकी हुन । शुस्माले छाटो अवधीमा नै धेरै अनुभवहरु बटुलेकी छन । उनले स्टेज शो मा आफनो कला प्रस्तुत गर्न समेत भ्याइसकेकी छन । गीत संगीतको क्षेत्रमा आउन आफुलाई सानै देखिको चाहना भएको बताउने गायिका सुश्मा २०७५ सालदेखि सांङगीतिक क्षेत्रमा छाउन थालेकी छन । सुश्माको आफनै शब्द लयमा पहिलो एल्वबको रुपमा एउटा साथी छ’ बोलको गीत बजारमा ल्याएकी थिइन । उक्त गीतलाई श्रोता तथा दर्शकहरुले मन पराइदिएपछि सुश्मालाई झनै हौसला मिलेको बताउछिन । उनी भन्छिन ‘मेरो पहिलो गीत नै दर्शकहरुले मन पराइदिनु भयो त्यसले मलाई अर्को गीत निकाल्ने हौसला मिल्यो ।’
उक्त गीतमा सुश्मा आपैmले मोडलिङ समेत गरेकी छन । कला र गला दुबैमा दक्ष भएकी सुश्माले पहिलो एल्वम बजारमा ल्याएसंगै उनलाई अर्को दोश्रो गीत बजारमा ल्याउने प्रेरणा स्वरुप सुश्माले तीज गीत ‘जुनतारा झलमल’ बोलको गीत बजारमा ल्याउन सफल भइन । त्यही तिज गीतबाट सुश्माले विभिन्न स्टेजहरु पउन सफल भइन । फलस्वरुप उनी विभिन्न स्टेजहरुमा भ्याइनभ्याइन बन्न पुगिन ।

यसरी आफनो संगीत यात्रालाई अगाडि बढाउदै आएकी गायिका सुश्मा ठकुरी प्रबासी युनिक सास्कृतिक मञ्चको कोषाध्यक्षमा रहेर नेपाली गीत संगीत तथा मौलिक सस्कृतिहरुको जगेर्ना गरिरहेकी छन । प्रबासीहरुको बीचमा आफुलाई कोषाध्यक्षको रुपमा चिनिन पाउदा आफु निकै खुसी भएको बताउने सुश्मा भन्छिन ‘ प्रबासिको साथिहरुले मलाइ बिस्वास गरेर कोष अध्यक्षको भुमिका निर्बाहा गर्ने मौका दिनु भएकोमा आभार प्रकट गर्दै उहाँहरु प््रति धेरै धेरै धन्यवाद दिन चाहन्छु ’

प्रबासमा रहेका नेपालीहरुलाई नेपाली मौलिक सस्कृतिको मिठास दिदै नेपालको कला र सस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य स्वरुप प्रबासी युनिक सास्कृतिक मञ्च प्रालिको स्थापना भएको छ । प्रबासमा रहेर नेपाली गीत संगीतलाई संरक्षण गर्दै आएका विरु केसीको अध्यक्षतामा उक्त संस्थाको स्थापना गरिएको छ । सामाजिक सञ्जाल ह्वाचअप ग्रुप मार्पmत अनलाइन दाहोरी सञ्चालन भइरहेको छ ।
AKHABAR ONLINE TV