नेपाल आइडलका विजेता रवि ओडलाई विपत्ति, विजयीको खुसीयाली साटन नपाउदै आमाको करेन्ट लागेर मृत्यु
काठमाडौ ११ पुस । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले जितको खुसियाली मनाउँदै गर्दा उनको परिवारमा भने विपत्ति आएको छ । विजेता ओडलाई गृहनगरमा भव्य स्वागत गरेको भोली पल्टै उनकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । विजयी बनेपछि घरमा बसेर आमासँग खुशीयाली साट्न नपाउदैं उनले आमा गुमाउनुपरेको छ ।
बुधबार बिहा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडको उपचारको लागि सेती अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको पुष्टि गरे।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन् । अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ।
AKHABAR ONLINE TV