नेपाल टेलिकमको सेवा २२ घण्टादेखि अवरुद्ध
झापा १७ पुस । झापामा नेपाल टेलिकको सेवा २२ घण्टादेखि अबरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि ल्याण्ड लाइन र एडिएसएल सेवा चलेको छैन । टेलिफोन नचल्दा सेवाग्राही मारमा परेका छन । साथै सरकारी कार्यालयको सेवा पनि यसले प्रभावित बनाएको छ।
भद्रपुर–बिर्तामोड सडक खण्ड अन्तर्गत हर्चनामा निर्माण कम्पनीले जेसिभी प्रयोग गरी नाला खन्दा टेलिकमको अप्टिकल फाइवरको तार काटिएपछि सेवा अबरुद्ध भएको हो । सोमबार बिहान साढे ११ बजेदेखि सेवा अवरुद्ध भएपनि अहिलेसम्म टेलिकमले कुनै पहल नगरेको सेवाग्राहीको गुनासो छ । बेलुका विराटनगरबाट आइटी शाखाका कर्मचारी गएको तर रात परेको कारण काम हुन नसकेको टेलिकम भद्रपुर शाखाका प्रमुख दीपक शिवाकोटीले बताए । शिवाकोटीका अनुसार मंगलबार विहानैबाट काम थालिएको भएपनि कतिबेला सेवा सुचारु हुन्छ भन्न सक्ने अवस्था नभएको बताए ।
टेलिकमको सेवा अवरुद्ध हुदाँ भद्रपुर र चन्द्रगढी शाखाका वितरण भएका तीन हजार ल्याण्डलाइन र १५ सय एडीएसएलका सेवाग्राही प्रभावित बनेको जनाइएको छ।