नेपाल दलित संघ सोलुखुम्बुको सभापतिमा केशव सुन्दास - Akhabaronline
राजनीति

नेपाल दलित संघ सोलुखुम्बुको सभापतिमा केशव सुन्दास

सोलुखुम्बु २१, फागुन २०७३   । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ सोलुखुम्बुको सभापतिमा केशव चन्द्र सुन्दास सर्वसहमत विजयी भएका छन । फागुन २१ गते भएको पाँचौ जिल्ला अधिवेशनबाट केशव चन्द्र सुन्दास सभापतिमा सर्वसहत विजयी भएका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आथित्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा पार्टीमा जिल्ला सभापति विनोद बस्नेत, महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की, महिला संघकी अध्यक्ष छिमी ल्हामु शेर्पा लगायत महाधिवेशन प्रतिनिधि तथा विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागीतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

 

केन्द्रीय प्रतिनिधि लोक बहादुर दर्जी, विनोद कालिकोटे, जगत कुमारी नेपाली, तेजराम परियारको सहभागीतामा जिल्ला अधिवेश सम्पन्न भएको हो । दलितहरुको हक हितको लागी निरन्तर लडिरहेका पदम बहादुर नेपाली जो महाधिवेशन प्रतिनिधि समेत रहेका छन् । उनै पदमबहादुर नेपालीका छोरा हुन केवश सुन्दास । जिल्लामा रहेर दलितहरुको हक हितमा लागेर पार्टी संगठनलाई निरन्तर रुपमा अगाडि बढाउदै आएका केशवलाई अन्नत पाँचौ जिल्ला अधिवेशनको भेलाले केशवलाई अध्यक्षमा निर्वाचित गराएको हो । केशवको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समितिमा केशव चन्द्र सुन्दास सभापति, बसन नेपाली उपसभापति, विनोद कालिकोटे कोषाध्यक्ष, तेजराम परियार सचिव, मिलन विक सहसचिव र सदस्यहरुमा धनजीत विक, टंकबहादुर विक, सुवास सार्की, राजकुमार सुन्दास, लालबहादुर सुन्दास, सुरेन्द्र विक, मानवहादुर विक, सनमान नेपाली, भेषबहादुर दमाइ, राजु नेपाली रहेका छन ।

अधिवेशनबाट आफु जिल्ला सभापतिमा निर्वाचन भएपछि पार्टी संगठनको जिस्तार तथा दलितहरुको हक हितको लागि आफुले काम गर्ने केशव चन्द्र सुन्दासले बताएका छन ।

Related Articles

Back to top button