नेपाल प्रहरीमा दोहोरो कमाण्ड, परिचालन गर्न समस्या - Akhabaronline
समाचार

नेपाल प्रहरीमा दोहोरो कमाण्ड, परिचालन गर्न समस्या

काठमाडौं २ माघ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ। तर, प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेश गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको, सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

विधेयकको दफा १५ मा सिडिओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख छ। ‘जिल्लास्तरमा कार्यरत नेपाल प्रहरीका कर्मचारी प्रमुख जिल्ला अधिकारीको नियन्त्रणमा र निर्देशनमा रहनेछन्,’ विधेयकको दफा १५ को ३ मा भनिएको छ, ‘नेपाल सरकारको नीति तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रही प्रदेश प्रहरीले कार्य गर्नुपर्नेछ।’

Related Articles

Back to top button