नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच मर्जर, दुवै फाइनान्सको विशेष साधारण सभा आज - Akhabaronline
अर्थबीमा

नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच मर्जर, दुवै फाइनान्सको विशेष साधारण सभा आज

विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौ २८ जेठ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धि प्रस्ताव पारित गर्न दुवै फाइनान्सले आज एकै दिन विशेष साधारण सभा गर्दैछन् ।

नेपाल फाइनान्सको सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुने जनाएको छ । त्यस्तै, ललितपुर फाइनान्सको सभा पनि कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । जस अनुसार हाल लिलितपुर फाइनान्सको १ कित्ता शेयर हुने लगानीकर्ताले प्रप्ति पछि नेपाल फाइनान्सको १ कित्ता शेयर पाउनेछन् ।

त्यसैगरी, सभाको अन्य प्रस्तावमा प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । त्यसैगरी, प्राप्तिपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते बुक क्लोज गर्ने भएको छ ।

Related Articles

Back to top button