काठमाडौ १८ कात्र्तिक । क्यानडा नेपाल प्रर्यटन सांस्कृतिक तथा ब्यापारिक मंच क्यानडाका अध्यक्ष नर बहादुर टन्डनले नेपालको एकमात्र महिला रेस्लिङ फाउण्डेशनलाई आर्थिक सहयोग प्रदान गरेका छन । नेपालमा रेस्लिङ खेलको विकास तथा विस्तारको लागि टण्डनले संस्थालाई आर्थिक सहयोग गरेका हुन । नेपालकी पहिलो महिला रेस्लिर भगवती खड्काले स्थापना गरेको नेपाल महिला रेस्लिङ फाउण्डेशनलाई टण्डनले रु ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।
भगवती खडकाको सक्रियता स्थापना भएको नेपाल महिला रेस्लिङको फाउण्डेशनले नेपालमा रेस्लिङको विकास गर्नुका साथै महिलाहरुलाई पनि यस क्षेत्रमा आकर्षण गर्दै आएको । केही महिना अगाडिबाट यस संस्थाले नेपालमा रेस्लिङको आयोजना गरी विभिन्न रेस्लरहरुलाई प्रतिस्पर्धा गराउदै आएको छ । संस्था स्थापना गरेसंगै यहाँबाट विभिन्न रेस्लरहरु समेत उत्पादन भइरहेका छन । जसका लागि भगवती खड्काले प्रशिक्षण दिइरहेकी छन ।