काठमाडौं २७ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सात जना पदाधिकारीले राजीनामा दिएका छन । अध्यक्ष नैन सिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै संस्थापन समूहका सात जनाले पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा दिएका हुन । राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। अर्का सहमहान्त्री अम्बिका चलाउनेले पनि राजीनामा दिने भने पनि उनी देउवालाई भेट्न पुगिनन्। उनले आफू आउन ढिला भएको जानकारी गराएकी थिइन्।
अध्यक्ष महरले विभिन्न बहाना गरेर महाधिवेशन टार्दै कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाएका छन । । नेविसंघको माघ २ गते कार्यकाल सकिँदैछ। पार्टीको बैठक माघ १० गते मात्र बस्ने भएका कारण आठ दिन नेविसंघ नेतृत्वविहीन हुने निश्चित भएको छ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c