नेविसंघ ओखलढुंगाको अधिवेशनमा झडप, केही नेता घाइते, झडपपछि अधिवेशन स्थगित
ओखलढुंगा ७ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशमा झडप भएको छ । लामो समयदेखि हुन नसकेका जिल्ला अधिवेशन माघ ७ गते (आज) उदघाटन सत्र भनिएपनि उदघाटन नहुदै झडप भएको छ । झडपमा केही नेताहरु घाइते भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार जिल्ला पार्टी उपसभापति तेजेन्द्र खनालले केही नेताहरुलाई कुटपीट तथा लछारपछार गरेको जानकारी प्राप्त भएको छ । खनालको कुटाइबाट महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, लिला बल्दव दाहाल (काका) पूर्व जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधी गोमा केसी घाइते भएको जानकारी प्राप्त भएको छ । घाएतेहरुको जिल्ला सदरमुकाम नजिकै रहेको मिसन अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
यस विषयमा उपसभापति तेजेन्द्र खनालसंग टेलिफोन सम्पर्क गर्दा खनाले आफुले कुटपीड नगरेको बताएपनि अधिवेशन भाडन खोजेपछि विद्यार्थीहरुले प्रतिकार गर्दा भीडभाडमा के के भयो आफुलाई थाहा नभएको बताए ।
यसैबीच अधिवेशनमा झडप भएपछि केन्द्रीय प्रतिनिधि पवन नेपालीले विज्ञप्ती निकाल्दै अधिवेशन स्थगित भएको बताएका छन । विज्ञप्तीमा उल्लेख गरिए अनुसार नेविसंघका जिल्ला सभापति प्रदीप बानियाले उदघाटन सत्र सुरु हुन लाग्दा समेत प्रतिनिधिहरुको नामावली नबुझाएको तथा पार्टीका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले उदघाटन सत्रमा ठाडौ हस्ताक्षेप गरी कब्जा गरेका भन्दै जिल्ला अधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ ।
प्राप्त जानकारी अनुसार नेविसंघको जिल्ला अधिवेशन भनिएपनि कुनै पनि विद्यार्थीलाई भित्र प्रवेश गर्न नदिएको तथा पार्टी सभापतिले आफु खुसी अधिवेशन गर्न लागेको जानकारी प्राप्त भएपछि यस विषयमा हामीले जिल्ला सभापति प्रदीप कुमार सुनुवारसंग टेलिफोन सम्पर्क गरेका थियौ । तर पार्टी सभापति सुनुवारले नेविसंघको जिल्ला अधिवेशनको उदघाटन सत्र सम्पन्न भएको अखबार अनलाइनलाई बताए । अधिवेशनमा कुनै पनि हस्ताक्षेप नभएको भन्दै विद्यार्थीलाई भित्र छिर्न नदिएको र झडप भएको भन्ने हल्लामात्र भएको बताए । सभापति सुनुवार भने ‘हामीले अधिवेश सत्र भर्खरै सम्पन्न गरेका छौ । केन्द्रीय प्रतिनिधि भीम गौतमको प्रतिनिधित्व अधिवेशन गरेका हौ । पवन नेपालीले निकालेको विज्ञप्ती मलाई थाहा छैन । पवन नेपालीले राजनीनामा दिएपछि केन्द्रले भीम गौतमलाई प्रतिनिधि पठाएको थियो । विद्यार्थीलाई हलमा खुल्ला आउने जाने वातावरणमा अधिवेशनको उदघाटन सत्र सम्पन्न भएको छ । भोली मंगलबार प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने छ । अधिवेशन सत्रमा झडप भएको छैन । ’
यस विषयमा विष्तृत विवरण आउन बाँकी छ ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c