नेविसंघ ओखलढुंगाको अधिवेशनमा कांग्रेस नेताहरुविच हात हालाहाल, यसरी भयो झडप - Akhabaronline
मुख्य खबरराजनीति

नेविसंघ ओखलढुंगाको अधिवेशनमा कांग्रेस नेताहरुविच हात हालाहाल, यसरी भयो झडप

जीवन शर्मा
ओखलढुंगा , ७ माघ । नेपाल विद्यार्थीसंघ ओखलढुंगाको जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका नेताहरु विच हात हालालाह भएको छ । जिल्ला अधिवेशनको उद्घाटन सत्रमा विवाद हुँदा कांग्रेसका नेताहरुविच हात हालाहाल भएको हो । जिल्ला अधिवेशन विधि र विधानसम्मत रुपमा गर्नु पर्ने माग राख्दै आएका आएका वर्तमान संस्थापन इतरका नेताहरु कार्यक्रमको बहिस्कार गरेका थिए ।

जिल्ला पार्टी सभापतिप्रदीप कुमार सुनुवारले नेविसंघका केन्द्रीय उपाध्यक्ष नविन राई, केन्द्रीय प्रतिनिधि पवन नेपाली लगायत नेविसंघका नेताहरुसंग सहकार्य नगरी एकपक्षिय रुपमा पार्टीका केही गुटले हस्तक्षेप गरेको नेविसंघका नेताहरुको आरोप छ । पार्टीको एकपक्षिय हस्तक्षेप नमान्ने भन्दै कार्यक्रम स्थलमा नारावाजी गरीरहेका नेता कार्याकर्ता कार्यक्रम हलमा प्रवेश गरेपछि तनाव उत्पन्न भएको हो । संस्थापन पक्षले विद्यालयहरुमा अधिवेशन नगराइ फर्जी प्रतिनिधि ल्याएको, विधान विपरित अधिवेशन गर्न खोजेको भन्दै त्यसलाई वार्ता द्धारा समस्या समाधान गर्न खोज्दा जिल्ला पार्टी नेतृत्वले हातपात गर्न खोजेको संस्थापन इतरका नेताहरुको आरोप छ ।

उनिहरुलाइ कार्यक्रममा आतिथ्यता नगराएका कारण पनि यो समस्या उत्पन्न भएको हो । छलफल बाट सहमति नै नगरी एलौटी अधिवेशन उत्घाटन गरेकोमा आप्पत्ती जनाउदै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति गोमा केसी, महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि लिलाबल्दभ दाहाल (काका), महासमिति सदस्य कुमार लुइटेल लगायत नेताहरुले लस्टेजको टेवुल उठाएपछि सभापतिले त्यसको प्रतिकार गरेका थिए । सभापति प्रदीप कुमार सुनुवार लगायत स्टेजमा आसिन नेताहरुले केही अराजनीतिक व्यक्तिहरुलाइ प्रयोग गरेर नेता बालकृष्ण दाहाल गोमा केसी, लिलाबल्धव दाहाल माथि हातपात गरेको आरोप छ । नेताहरु विच हात हालाहाल भएपछि आफुमाथी नियोजित रुपमा आक्रमण भएको भन्दै सामुदायिक अस्पताल सोब्रुमा स्वास्थ्य जाँचका लागि गएको नेता बालकृष्ण दाहालले बताए ।

अधिवेशन बहिस्कार 
नेविसंघको अविवेशन गराउने र नगराउने विच लामो समयसम्म कुरा नमिलेपछि वर्तमान संस्थापन पक्षले एकलौटी अधिवेशनको उद्घाटन सत्र सुरु गर्नासाथ अर्को पक्षले बाहिर नारा जुलुस गर्दै कार्यक्रम परिषर घेराउ गरे । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिला बल्लदभ दाहाल काकाको नेतृत्वमा भएको अधिवेशन बहिस्कारको कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य दिपेश राजभण्डारी सहित जिल्लाका धेरैजसो विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
अधिवेशन बहिस्कारको कोणसभा कार्यक्रममा सम्बोधन गर्दै लिला बल्लदभ दाहाल काकाले नेविसंघका केन्द्रीय प्रतिनिधि पवन नेपाली तथा केन्द्रीय उपाध्यक्ष नविन राई समेतलाइ बाहिर राखेर पार्टी जिल्ला सभापति लगायत केही नेताहरुले गैह्र कानुनी रुपमा गरिएको अधिवेशन नेविसंघलाइ मान्य नहुँने बताए । अधिवेशन विधि र विधानमा टेकेर गर्नु पर्ने उनको तर्क छ ।
गाउपालिका र विद्यालय बाट छनौट गरिएका कतिपय प्रतिनिधिहरु फर्जि बनाएर ल्याइएको, नेविसंघका वर्तमान कार्यसमिति र क्षेत्रीय समितिमा रहेका नेताहरुलाइ सहभागि नगराइएको, पार्टी नेतृत्वले विद्यार्थीमा हस्तक्षेप गरेको, केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यहरुलाई समेत कार्यक्रममा सहभागि नगराइएको भन्दै विद्यार्थी नेता र संस्थापन इतरका कांग्रेस जिल्ला नेताहरुले अधिवेशन बहिस्कार गरेको बताएका छन् । कार्यक्रमको बहिस्कार पश्चात नेताहरु विच एक आपसमा हातै हालाहालको अवस्था सृजना भएपछि गाउगाउबाट आएका प्रतिनिधि विद्यार्थीहरु कार्यक्रम हलबाट बाहिरीएका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको समेत उपस्थिति रहेको थिएन ।

अधिवेशन स्थगित 
नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटनमै विवाद भएपछि अविबेशन स्थगित भएको नेताहरुले बताएका छन् । अधिवेशन विधि र विधान सम्मत नभएको र पार्टीले एकपक्षिय हस्तक्षेप गरेको र केन्द्रीय प्रतिनिधि समेतलाइ उपस्थििति नगराइ गर्न लागिएको अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित गरिएको नेविसंघका केन्द्रीय प्रतिनिधि पवन नेपालीले बताए । उनले एक विज्ञप्ती जारी गर्दै पार्टी र विद्यार्थी नेताहरु विच छलफल गरेर सहमति नहुन्जेल सम्मका लागि जिल्ला अधिवेशन विधिवत रुपमा हुन नसक्ने नेपालीले बताए । कांग्रेसको संस्थापन पक्षले भने नेविसंघको अधिवेशन अर्को केन्द्रीय प्रतिनिधि बनाएर पनि सम्पन्न गर्ने अधिवेशन नरोकीने बताएको छ । अधिवेशनमा अनावश्यक बखेडा निकालेर पार्टीसंगठनलाइ असहयोग गर्ने प्रबृतिका केही व्यक्तिहरुले हुलदङगा गरेको संस्थापन पक्षको आरोप छ । अधिवेशन स्थगित भएको सूचना टास गरेर केन्द्रीय प्रतिनिधि पवन नेपाली काठमाण्डौं फर्कीएसंगै अधिवेशन ८ गते गराउनका लागि नेता भिम प्रसाद गौतमलाइ केन्द्रले प्रतिनिधि पठाएको नेविसंघ ओखलढुंगाका जिल्ला अध्यक्ष प्रदीप बानियाले जानकारी दिए ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button