ओखलढुंगा ९ माघ । विवादै विवादका बीचमा नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनबाट सभापतिमा रोशन महतारा निर्वाचित भएका छन् । महताराको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्य समिति गठन समेत गरिएको छ । अधिवेशनबाट उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भिष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा भुवन दाहाल तथा सहसचिवमा अर्चना लुईटेल निर्वाचित भएका छन् ।
यता नेविसंघको जिल्ला अधिवेशनमा पार्टीले हस्तक्षेप गरेको भन्दै केन्द्रीय प्रतिनिधि पवन नेपालीले अधिवेशन स्थगित भएको घोषणा गरेका थिए । त्यसैगरी पौडेल समूहले अधिवेशनमा हस्ताक्षेप भएको भन्दै आपत्ति जनाएको छ । महतरा जिल्ला सभपति निर्वाचित हुदैगर्दा पौडेल समूहले भने स्वीकार गरेको छैन । पार्टी सभापति प्रदीप कुमार सुनुवारले हस्ताक्षेप गरी नेविसंघको अधिवेशन अन्यौलमा परेको पौडेल समूहले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
केन्द्रीय प्रतिनिधि पवन नेपालीले अधिवेशन स्थगित भएको घोषणा गरेपनि पार्टीकै पहलमा नेविसंघका केन्द्रीय सदस्य भिम गौतमलाई केन्द्रीय प्रतिनिधि बनाएर अधिवेशन सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।
