नेविसंघ ओखलढुंगाको सभापतिमा गोविन्द कोइराला, १९ सदस्यीय जिल्ला कार्यसमिति गठन - Akhabaronline
मुख्य खबरराजनीतिसमाचार

नेविसंघ ओखलढुंगाको सभापतिमा गोविन्द कोइराला, १९ सदस्यीय जिल्ला कार्यसमिति गठन

ओखलढुंगा १० माघ । नेपाल विद्यार्थी संघ ओखलढुंगाको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । १२ औ जिल्ला अधिवेशबाट जिल्ला सभापतिमा गोविन्द कोइराला सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट उपसभापतिमा विनोद निरौला, कोषाध्यक्षमा यमुना दाहाल, सचिवमा सुरेश ढुंगेल, सहसचिवमा हरि लुइटेल विजयी भएका छन । केन्द्रीय सदस्य पवन नेपालीको संयोजकत्वमा सम्पन्न भएको अधिवेशनले गोविन्द कोइरालाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । पार्टीको विधान अनुसार एउटा संसदीय क्षेत्रमा १९ सदस्यीय कार्यसमिति रहने नियम अनुसार १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
माघ ७ गते जिल्ला अधिवेशन उदघाटन सत्रमा पार्टी सभापति प्रदीप कुमार सुनुवारले हस्ताक्षेप गरी आफनो अनुकुल नेविसंघलाई सञ्चालन गर्न खोजेपछि केन्द्रबाट खटाएका पवन नेपालीले अधिवेशन स्थगित गरिएको विज्ञप्ती निकालेका थिए । केन्द्रबाट खटिएका पवन नेपालीलाई आधिकारिक नबनाइ खोटाङको लागि खटाइएका भीम गौतमलाई ओखलढुंगा बोलाई संस्थापन पक्षले अधिवेशन गरी रोशन महतराको सभापतित्वमा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको थियो ।
जिल्ला पार्टी सभापतिले नेविसंघको अधिवेशन हस्ताक्षेप गरेपछि पौडेल पक्षले असन्तुष्ट ब्यक्त गर्दै उदघाटन सत्रमा नियम अनुसार निष्पक्ष रुपमा अधिवेशन गर्न माग गरेका थिए । तर पौडेल पक्षले राखेको मागलाई वेवास्ता गरी संस्थापन पक्षका केही नेता तथा विद्यार्थीहरु प्रति आक्रमण गर्ने जस्ता व्यवहार भएका थिए । आक्रमण गर्दा महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल घाइते भएका थिए भने अर्का नेता लिला बल्दव दाहाल (काका), नेतृ गोमा केसी लगायतका नेतामाथि हातपात गरिएको थियो । नेता तथा विद्यार्थीमाथि हातपात गरिएपछि असन्तु ब्यक्त गर्दै भीम गौतको संयोजकत्वमा भएको अधिवेशनलाई अस्विकार गरी केन्द्रले छ्ट्टाएका पवन नेपालीको संयोजकत्वमा गोविन्द कोइरालाको सभापतित्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
यो पनि पढनुहोस

नेविसंघ ओखलढुंगाको अधिवेशनमा झडप, केही नेता घाइते, झडपपछि अधिवेशन स्थगित

नेविसंघ ओखलढुंगाको सभापतिमा रोशन महतरा विजयी, पौडेल पक्षको आपत्ति

AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=rsg96hF1C1A&t=538s

Related Articles

Back to top button