काठमाडौ १९ श्रावण । नेपाल विद्यार्थी संघ ओखलढुंगा -काठमाडौ सम्पर्क समितिको अध्यक्ष शम्भु गौतम निर्विरोध निर्वाचित भएका छन । काठमाडौको धुम्बाराही स्थि सूर्य क्याटरिङमा सम्पन्न भएको १० औ अधिवेशनबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपाध्यक्षमा पुस्कर थापा, सोम तामाङ योगेश वाग्ले, प्रविण ढुंगेल, सरोज नेपाली रहेका छन भने सचिवमा अर्जुन दाहाल निर्वाचित भएका छन । त्यसैगरी सह सचिवमा रासिर श्रेष्ठ, रश्मि दाहाल, सन्तोष गौतम, अनिल केसी, श्रीकृष्ण सुवेदी निर्वाचि भएका छन । कोषाध््यक्षमा तर्पm यमुना दाहाल निर्वाचित भइन । त्यसैगरी सदस्यहरुमा रामिल मगर, मनोज बुढाथोकी, खिलानाथ दाहाल निर्वाचित भएका छन ।
निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष दिपेश राजभण्डारीले खादा तथा माला लगाइ नयाँ कार्यकालको लागि शुभकामना दिए । साथै आफु अध्यक्षका निर्वाचित भएपछि आफनो कार्यकालमा नेविसंघको संगठन विस्तारमा कुनै कमी हुन नदिने र ओखलढुंगाबाट काठमाडौ अध्ययनमा आउने विद्यार्थी साथीहरुलाई परेको पिर मर्कालाई सहज बनाउने प्रयास गर्ने नव निर्वाचित अध्यक्ष शम्भु गौतमले बताए ।
AKHABAR TV
https://www.youtube.com/watch?v=dTNMVvjGTmI