नेविसंघ ओखलढुगाको बन्दसत्र दुइ छुट्टाछ्ट्टै स्थानमा, आधिकारिकता माथि प्रश्न ? - Akhabaronline
Highlightमुख्य खबर

नेविसंघ ओखलढुगाको बन्दसत्र दुइ छुट्टाछ्ट्टै स्थानमा, आधिकारिकता माथि प्रश्न ?

ओखलढुंगा ८ माघ । नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशनको बन्दसत्र दुइ छुट्टाछुट्टै स्थानमा भइरहेको छ । संस्थापन र पौडेल पक्षको छुट्टाछुट्टै बन्द सत्र भइरहेको जानकारी प्राप्त भएको छ । संस्थान पक्षले जिविसको हलमा बन्दसत्र गरिरहेको छ भने पौडेल पक्षले शेर्पा होटलमा बन्द सत्र गरिरहेको जानकारी प्राप्त भएको छ ।
सोमबार उदघाटन सत्रमा झडप भएपछि संस्थापन पक्ष र पौडेल पक्षका धु्रविकरण भएको हो । संस्थापन खेमामा पार्टी सभापतिले अधिवेशनमा हस्ताक्षेप गरी आफु अनुकुल गर्न खोजेपछि पौडेल पक्षले विरोध गरेका थिए । विरोध हुदा झडप समेत भएको थियो ।
संस्थापन पक्षले जिविस हल र पौडेल पक्षले शेर्पा होटल छलफल गरिरहेको भएपनि दुवै टिमले आफुले बन्द सत्र गरेको बताएका छन । यद्यपी दुवै टिमले आआफनो तरिकाबाट बन्द सत्र सुरु गरेभने ओखलढुंगामा नेविसंघको सभापति दुइ जना हुने छन । दुइ जना सभापतिमा भएको खण्डमा आधिकारिता माथि प्रश्न उठने देखिन्छ ।

Related Articles

Back to top button