पदीय मर्यादामा रहेर काम गर्न आइजीपी खनालको निर्देशन - Akhabaronline
राजनीतिसमाचार

पदीय मर्यादामा रहेर काम गर्न आइजीपी खनालको निर्देशन

काठमाडौं २१ पुस । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफनो संगठनलाई सचेत गराएका छन । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रहरी प्रमुख खनालले पदीय मर्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराएका हुन ।
२४सै घण्टा काममा परिचालित हुँदा पनि प्रहरी संगठन सधैँ आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उनले पदीय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गरे। कानुनमा भएका छिद्रमार्फत् पदीय दुरुपयोग गराउन खोज्नेप्रति सधैँ सचेत रहन पनि उनले आग्रह गरे।

प्रहरी संगठन बलियो भएमा पूर्वप्रहरीहरू प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गरे।

AKHABAR ONLINE TV

Related Articles

Back to top button