पद जोगाउन त्रिविको १२ सय रोपनी जग्गा भागबण्डा, क–कसलाई बाँडियो ? - Akhabaronline
मुख्य खबरसमाचार

पद जोगाउन त्रिविको १२ सय रोपनी जग्गा भागबण्डा, क–कसलाई बाँडियो ?

काठमाडौं २५ पुस । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग तीन हजार सात सय तीन रोपनी नौ आना दुई पैसा चार दाम जग्गा थियो। मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार पाँचसय रोपनी मात्र बाँकी रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन्। झण्डै एक हजार दुई सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने नौ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ। करिब दुई सय रोपनीमा सार्वजनिक बाटो बनेको छ। ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौँ।’ जग्गा बाँडेको त्रिवि स्वयंले स्वीकारेको छ। पछिल्लो सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन्।

गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको स्वीकार गरे। उपकुलपति तीर्थराज खनियाँले भने विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए।

AKHABAR ONLINE TV

Related Articles

Back to top button