काठमाडौ ६ माघ । नवलपरासीमा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन । परपुरुषसँग सम्बन्ध रहेको भन्दै वर्दघाट नगरपालिका–२ का सुनिल चौधरीले श्रीमती कमला थरुनी चौधरीको हत्या गरेका हुन् ।
नवलपरासीको चिसापानी जंगलमा शनिवार घास दाउरा जाने क्रममा स्थानीय महिलाहरुले एक महिलाको शव प्रहरीलाई खवर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरीले अनुसन्धानका क्रममा ति महिलाका श्रीमानले नै हत्या गरेको पत्ता लागेको हो ।
सुनिलले हत्या गरेर जङ्गलमा फालेको स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । अनुसन्धानपछि श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा उनले हत्या गरेको स्वीकार गरेको एसपी भट्टको भनाई छ । श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।
श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतीको हत्या गरेपछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए ।
त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । चिसापानी जङ्गलदेखि तल खोल्सामा श्रीमतीको शव लुकाउन भन्दै फालेका थिए ।
कसैले बलात्कार गरेर फालेको भन्ने पार्न र आफु बच्न उनका भित्री बस्त्र फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेका थिए । बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।