पाँचदेशका लागि राजदुत सिफरिस, तीन देशका राजदुत फिर्ता बोलाउने, लक्कि शेर्पाको छानविन कायम - Akhabaronline
Highlightराजनीति

पाँचदेशका लागि राजदुत सिफरिस, तीन देशका राजदुत फिर्ता बोलाउने, लक्कि शेर्पाको छानविन कायम

काठमाडौं १२ पुस । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै विभिनन पाँच देशका लागि राजदूत सिफारिस गरिएको जानकारी दिएका छन । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्री बाँस्कोटाले राजदुत सिफरिस गरिएको जानकारी गराएका हुन ।
मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद्को बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा, र स्वीजरल्यान्डका लागि आवासीय राजदूतको जिम्मेवारी पनि दिइएको छ। त्यसैगरी, सहसचिव भृगु ढुंगानालाई क्यानडा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सको राजदूत र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ।

मन्त्रिपरिषद्ले नयाँ राजदूत सिफारिस गरिएका देशमा हाल कार्यरत राजदूतहरूलाई नयाँको नियुक्ति नभएसम्मका लागि काजमा काम गरिरहन स्वीकृति दिएको छ। नयाँ सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ। त्यसपछि राष्ट्रपतिले उनीहरूलाई राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरिया, स्पेन र बंगलादेशका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र प्रा। डा। चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका राजदूतहरू यसअघिको सरकारले नियुक्त गरेका हुन्। अष्ट्रेलियाका लागि अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाको विषयमा भएको छानबिनको प्रतिवेदन तयार भएको मन्त्री बाँस्कोटाले जानकारी दिए। उक्त प्रतिवेदन निर्णय प्रक्रियामा गएको उनले जानकारी दिए।

Related Articles

Back to top button