पाँचौ तारेभिर महोत्सव माघ १ गते, यस्तो छ तयारी - Akhabaronline
समाचार

पाँचौ तारेभिर महोत्सव माघ १ गते, यस्तो छ तयारी

काठमाडौँ, २४ पुस । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो ।

यस वर्ष पनि माघ १ गते महोत्सव गर्न लागिएको साविकको बालुवा गाविसका पूर्वअध्यक्ष उद्धव विष्टले बताउनुभयो । महोत्वसमा स्थानीयवासीका साथै नजिकको जिल्लाबाट समेत पर्यटक आउने जनाइएको छ । त्यस अवसरमा यहाँका मौलिक संस्कृतिको प्रदर्शन गरिनेछ ।

जनप्रतिनिधि, स्थानीय तह र स्थानीयवासीको सहकार्यमा शुरु भएको महोत्सवकै कारण तारेभिर आन्तरिकका साथै बाह्य पर्यटकको गन्तव्य बन्न थालेको महोत्सव आयोजक समितिका सहसंयोजक हर्क तामाङले बताउनुभयो । पर्यटक आउन थालेपछि स्थनीयवासीले घरबास ९होमस्टे० सञ्चालन गर्ने योजना बनाएका छन् । पर्यटन प्रवद्र्धनका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य छ ।

वडा नं ३ का अध्यक्ष राजेन्द्रकुमार भण्डारी महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुहुन्छ । यसका लागि वडाले साथ दिएको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्यले मोहित बनाउने स्थलको खोजीमा रहेका राजधानीवासीलाई तारेभिर पदमार्गका लागिसमेत उपयुक्त गन्तव्य बन्न सक्छ ।

Related Articles

Back to top button