काठमाडौ १६ श्रावण । पानीपुरी र चटपटे सबैलाई मन पर्छ । पछिल्लो समय पानीपुरी र चटपटेको ब्यापार पनि राम्रै भइरहेको छ । ठेलामा, पसलमा जहाँ पनि यसको व्यापार गर्न सकिन्छ । तर भारतको गुजरात राज्यको वडोदरामा भने पानीपुरीमाथि प्रतिबन्ध लगाइएको छ । करिब एक हप्ता अघिदेखि त्यहा पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको छ ।
पानीपुरीलाई गोलगप्पे, टिकिया र पुच्काका नामले चिनिने यसलार्इ बनाउन प्रयोग गरिने अखाद्य सामाग्रीका कारण रोग फैलिन सक्ने भन्दै त्यहाँको प्रशासनले यसको विक्रीवितरणमा रोक लगाएको हो ।
अधिकारीका अनुसार पानीपुरी बनाउन रेडिमेड सामान बनाउने कयौँ स्थान रहेका छन् जहाँबाट यि सामाग्री किनेर सर्वसाधरणलाई बेचिन्छ । पानीपुरीका सामान बनाउन कमसल तेलसँगै सडेको आँटा–मैदाको उपयोग गरिने गरेको पाइएको छ । यसका अलावा जहाँ पानीपुरीको सामान तयार गरिन्छ त्यहाँ धेरै फोहोर भेटिएको छ।
स्वास्थ्य अधिकारीलाई उधृद गर्दै लेखिएका समाचार अनुसार मनसुन चलेका बेला यस्ता खानेकुराले मानिस बिरामी हुने जोखिम अत्याधिक हुन्छ । पानीपुरी र चटपटेका कारणले केही मानिसमा जन्डिस भएका घटना पनि सार्वजनिक भएका छन् ।
AKHABAR TV
https://www.youtube.com/watch?v=IbNwDHqhd4w&t=3s