काठमाडौ १९ श्रावण । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले पार्टी सुधार गर्नका लागि आचरणमा सुधार गनुृ पर्ने बताए । काठमाडौमा जारी नेपाल विद्यार्थी संघ ओखलढुंगा काठमाडौ सम्पर्क समितिको १० औ अधिवेशनलाई सम्बोधन गर्दै दाहालले पार्टी पाटीभित्र सुधारको आवश्यकता रहेको भन्दै ब्यवहार र आचरणमा सुधार गरी नयाँ पद्धतीको सुरुवात गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म प्रशिक्षणको आवश्यकता रहेको दाहालले बताए । पार्टीभित्र नया पद्धती सुरुवात गर्नेक्रममा पहिलो त पार्टी भित्र कार्यकर्ता भन्ने शब्द र सम्बोधनको अन्तय गरेर साथी सहयात्री सदस्य भन्ने शब्दको सुरुवाती गर्नु पर्ने दाहालले बताए ।
ओखलढुंगाको राजनीतिक अवस्थाको सन्दर्भमा सबै जिल्लाको केन्द्रविन्दुमा ओखलढुंगा परेको र यस ऐतिहासिक जिल्लामा कम्युनिष्टहरुको शाषण चलिरहेको भन्दै जिल्लामा प्रजातान्त्रिक शक्तिहरु एक भएरमात्र कम्युनिष्टहरुलाई पराजय गर्न सक्ने दाहालले बताए । गुट उपगुटको राजनीति त्यागेर हाम्रो भन्ने बानीको विकास भयो भने प्रजातान्त्रिक शक्ति बलियो हुने दाहालको भनाइ छ । जसका लागि नेपाल विद्यार्थी संघ पहरेदार भएको दाहालले बताए । यसका लागि विद्यार्थी संगठनलाइै क्रियाशिल बनाउन्ु पर्ने दाहालको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष नवीन राइले नेपालमा भएका आन्दोलनहरुमा नेपाल विद्यार्थी संघको उल्लेखनीय योगदान रहेको भन्दै नेपाल विद्यार्थी संघको संगठनमा लागेर झण्डा बोक्ने भन्दा पनि विद्यार्थीहरुको हक हितका लागि आवाज उठाउनु पर्ने बताए । झण्डा बोक्नकै लागि भन्दा पनि हक अधिकार सुनिश्चितताका लागि आवाजहरुलाई बुलन्द बनाउने काम ओखलढुंगा काठमाडौ सम्पर्क समितिले गर्नेमा आफु विश्वस्त रहेको राइले बताए । नेपाल विद्यार्थी संघ भनेको पार्टीको एउटा नर्सरी हो । यसलाई मलजल गरेर संरक्षण गर्न सके पार्टी मजबुद हुनेमा दुइमत नभएको राइको भनाइ रहेको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालले नेपालमा भएका प्रमुख आन्दोलनहरु विद्यार्थी आन्दोलनबाटै भएका र परिवर्तन पनि विद्यार्थीहरुको आन्दोलनबाटै भएको बताए । अबको नेतृत्व पनि युवा विद्यार्थीहरुको हुने बताउदै काग्रेसलाई सुधारेर नयाँ धारबाट पार्टी सञ्चालन गर्ने जिम्मा विद्यार्थीहरुको नै भएको दाहालले बताए । ओखलढुंगा जिल्ला कांग्रेसको एउटा ऐतिहासिक पृष्ठभुमी बोकेको जिल्लामा अहिले कम्युनिष्टहरुको हालिमुहाली भएको भन्दै त्यसलाई चिरेर काग्रेसलाई पहिलेकै अवस्थामा ल्याउन यस समितिले महत्वपूर्ण भुमीमा खेल्नेमा आफु विश्वस्त रहेको दाहालले बताए । दाहालले भने ‘अझै संघर्षका दिनहरु आउदैछन । ओली नेतृत्वको सरकारको सर्वसत्ताबादको विरोधका लागि नेविसंघले महत्वपूर्ण भुमीका खेल्नेछ ।
त्यसैगरी महाधिवेशन प्रतिनिधि टेकराज भट्टराइले जिल्लामा पार्टी देखि विभिन्न भातृसंगठनहरुको संगठन विस्तारमा कुनै प्रगति नभइ अधोन्नती हुदै गएको बताए । जिल्लामा रहेका विद्यालयहरुमा नेपाल विद्यार्थी संघको संगठन विस्तार समेत नभएको भट्टराइले बताए । जति पनि अहिले नेविसंघमा आवद्ध भाइबहिनीहरु छन । उनीहरु जन्मजात बाबु कांग्रेस भएको नाताले नेविसंघ बनेका छन । अन्य पार्टीमा लागेका र नयाँ लाई नेविसंघको सदस्यता दिलाउन समेत नसकेको पुरानोकै भरमा जिल्लामा राजनीति गरिरहेको भट्टराइले बताए ।
कार्यक्रममा बाल्ने अर्का बक्ता नेपाल विद्यार्थी संघ काठमाडौका अध्यक्ष मनोज वैद्यले आफु ओखलढुंगाको नभएपनि ओखलढुंगा जिल्लासंग आफनो घनिष्टता भएको बताए । ओखलढुंगाले राजनीतिमा लगनशिलता ब्यक्तिहरु जन्माएको र तिनै लगनशिल ब्यक्तिहरुसंग आफनो निरन्तर संगत भएका कारण ओखलढुंगा र ओखलढुंगाका विद्यार्थीहरु प्रति आफु सबै ओखलढु्रगे विद्यार्थी प्रति ऋणी भएको उनले बताए ।
त्यसैगरी महासमिति सदस्य कुमार लुइटेलले देशमा कम्युनिष्टहरुको शासन चलेको बताउदै अब संगठनलाई मजबुद बनाइ प्रजातान्त्रक शक्तिहरु एक हुन जरुरी भएको बताए । अवको पाँच बर्ष पछाडिको निर्वाचनका लागि कांग्रेसले अपहलैबाट गृहकार्यमा जुटनु पर्ने लुुइटेलले बताए । काग्रेसको जग बलियो बनाउन सकिएन भने कांग्रेसको संठगठन बलियो हुर्दैन । जग भनेकै विद्यार्थी हुन । विद्यार्थी संगठन विस्तार गर्न सकिएन भने अबको पााँच बर्ष पछि आउने निर्वाचनको परिणाम त्यस्तै हविगत हुने लुइटेलले बताए । पार्टी संगठनलाई सुधारको बाटोमा लैजान आजै बाट गाउगाउमा विद्यालय विद्यालयमा पुगेर संगठन निर्माण गर्नुपर्ने उनले धारण ब्यक्त गरे ।
त्यसैगरी महाधिवेशन प्रतिनिधि लिला बल्दव दाहाल –काका) ले पार्टी संगठन बलियो बनाउने र केपी ओली नेतृत्वको अधिनायकबाद सरकारको विरुद्धमा सडक आन्दोलन चर्काउन विद्यार्थीको ठुलो हात रहेको बताए । दाहालले भने हिजोका दिनहरुमा हामीले सडक आन्दोलन चर्कायौ भोली पनि चर्काउछौ युवा विद्याथीहरुको साथ सहयोग र सघर्षको आवश्यक्ता रहेको छ । पार्टी सञ्चालनमा गुट उपगुट अनि कारबाही जस्ता ब्यबहारले संगठनको विस्तार नहुने भन्दै दाहालले पार्टी सञ्चालका लागि सुधारको आवश्यकता रहेको बताए । कार्यक्रमको अध्यक्षता दिपेश राजभण्डारीले गरेका थिए । कार्यक्रममा करिब पाँच सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।