पासपोर्ट बनाउन कपालमा जुत्ता पालिस - Akhabaronline
Highlightसमाचार

पासपोर्ट बनाउन कपालमा जुत्ता पालिस

काठमाडौं ६ पुस । पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला। नत्र जुत्ताको पालिस टाउकोमा दल्नुपर्ला मेहन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्। एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै।
बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो। मेसिन रिडेबल बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन्। फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस्। यस्तो कपालमा हुँदैन।’ अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीँका कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउने सुझाव दिए।

रामेछापकी सुनीता लामाले पनि त्यस्तै किसिमको समस्या झेलिन्। जिल्लाजिल्लाबाट आएका धेरै महिलाले उस्तै समस्या भोगिरहेका थिए। वषौँदेखि लगाएका नाकको फुली, ढुंग्री, बुलाकी, कानको टपलगायत गरगहना फुकाल्न नसक्दा तनावमा देखिन्थे। जिल्लाबाट सिफारिस लिएर राहदानी विभाग पुगेका सेवाग्राहीहरू सूचना नभएका कारण यस्ता समस्या झेलिरहेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Related Articles

Back to top button