पिएसजीले सेल्टिकलाई ५-० ले हरायो, रिसाए नेइमार - Akhabaronline
खेलकुद

पिएसजीले सेल्टिकलाई ५-० ले हरायो, रिसाए नेइमार

काठमाडौं ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)  स्कटल्याण्डको क्लब सेल्टिकलाई हराएको छ । पिएसले सेल्टिकलाई ५–० गोलको अन्तरले हराएको हो ।
पिएसजीको जितमा नेइमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरे । सेल्टिकले आत्मघाती एक गोल गरेको थियो । सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन ।
काभानी च्याम्पियन्स लिगमा पिएसजीबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीबाट च्याम्पियन्स लिगमा २२ गोल गरेका छन् ।
खेलका दौरान सेन्टिकका डिफेन्डर एन्थनी रालस्टनले नेइमारलाई फल गरेका थिए । त्यसपछि रालस्टनले नेइमारलाई होच्याउने पारामा उनको मुखमा हेरेर हाँसेका थिए । यसबाट रिसाएका नेइमारले खेल सकिएपछि पनि उनीसँग हात मिलाएनन् । खेलमा ३–० को अग्रता रहेकै बेला रालस्टनले नेइमारलाई जिस्काएका थिए । त्यही समय स्कोर बोर्डमा हेर्दै आफूहरु ३–० ले अघि रहेको नैइमारले इसारा गरेका थिए ।

Related Articles

Back to top button