पुजा सुनुवार ‘यो तिजमा माइत जाने’ तयारीमा (भिडियो सहित)
काठमाडौ २० श्रावण । हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तीन नजिकिदै जाँदा तीजका गीतहरुको चर्चा चलिरहेको छ । विभिन्न प्रकारका तिज गीतहरु सार्वजनिक हुने क्रम जारी छ । कसैले रोमान्टिक गीत बनाएका छन भने कसैले महिलाका पीडाका गीतहरु सार्वजनिक गरेका छन । कसैले तिजमा नया साडी लगाउने त कसैले मिठो खाने भन्दै गीतहरु सार्वजनिक भएका छन ।
तीज विशेष गरेर महिलाहरुको चाड हो । विवाह गरेर अर्काको घरमा गएकी चेली कतिले दुख पाएका होलान कतिले सुख पाएका होला । सुख पाउनेको कथामा रोमान्टिक गीत बन्ला तर दुख पाउने बर्ष दिनमा एक दिन पनि माइत जान नपाउने चेली, माइतीको घरमा गएर आमा बाउको साथमा एक छाक मिठो खान पाउदा छुट्टै स्वर्गको महसुस गर्छन भन्ने तीज गीतहरुका भावहरुबाट बुझन सकिन्छ ।
त्यसैले जब तिजको समय सुरु हुन्छ प्रत्येक गायक गायिकाहरु तीजलाई लक्षित गरेर गीत गाउने गर्छन । त्यही शिलशिलामा गायिका पुजा सुनुवार पनि पर्दछिन । बजारमा निकै लोकप्रियता र उत्साह जमाउन सफल गायिका पुजा सुनुवारले सेल्फि टु, टयुशन पढाउछु, काठमाडौ शहर जस्ता चर्चित गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी हुन । तिनै पुजा सुनुवारले तीजलाई लक्षित गरेर ‘यो तीजमा माइत जाने हो ’ बोलको गीत लिएर दर्शक तथा श्रोता माझ छाएकी छन ।
पुजा सुनुवारको सुरिलो स्वरमा सजिएको उक्त गीतलाई माइना सुनुवारले रचना गरेका हुन भने आशा बुढाले संगीत भरेका छन । गीतको भिडियोलाई शेर साउदले निर्देशन गरेका हुन । सम्झना लामा र कञ्चन जोशीलाई फिचरिङमा देखाएको छ । गीतको को तिजमा माइत जाने भएकी छन ।
https://www.youtube.com/watch?v=M0PxQ81v3sM
AKHABAR TV
https://www.youtube.com/watch?v=n-Fd6VmRZio&t=103s