प्रधानमन्त्री ओली चडेको गाडी पुतलीसडकमा दुर्घटनाबाट जोगियो, पछाडीका गाडी ठोक्किए - Akhabaronline
Highlightमुख्य खबरसमाचार

प्रधानमन्त्री ओली चडेको गाडी पुतलीसडकमा दुर्घटनाबाट जोगियो, पछाडीका गाडी ठोक्किए

काठमाडौं ११ पुस । । प्रधानमन्त्री केपी ओली सवार गाडी दुर्घटनाबाट जोगिएको छ । बालुवाटारबाट सिंहदरवार जाने क्रममा पुतली सडकको पदमोदय मोडमा प्रधानमन्त्री ओली सवार गाडीको पछाडि पछाडि आएका दुई वटा गाडी एक आपसमा ठोक्किएका हुन् । बुधबार दिउँसो करीव दुई बजेतिर दुइवटा सवारी एक आपसमा ठोकिए पनि ठूलो मानवीय क्षति नभएको सुचना प्राप्त भएको छ ।

पुतली सडक त्यसै पनि अत्याधिक ट्राफिक जाम हुने सडक हो । बालुवाटारबाट प्रधानमन्त्री ओली सिंहदरावार तर्पm सवारी हुदैगरेको थियो । साइरन बजाउदै प्रधानमन्त्री ओलीको सवारी भयो । सडकमा ट्राफिक जाम थियो । पदमोदय मोडमा पुग्दा प्रधानमन्त्रीको स्कटिङ गर्ने गाडी अचानक रोकिदा ओली सवार गाडी पनि एक्कासी रोकिन पुग्यो । गाडी एक्कासी रोकिएका कारण पछाडिबाट छैटौँ र सातौँ नम्बरमा रहेका दुई वटा गाडी ड्याम्म ठोक्किएका थिए ।
डयुटीमा खटिएका एक ट्राफिकले भने ‘प्रधानमन्त्रीज्यूको गाडी साइरन बजाउँदै आयो । अगाडि जाम थियो । सुरक्षाकर्मीको स्कर्टिङको गाडी रोकियो प्रधानमन्त्रीज्यूको गाडी पनि रोकियो । पछाडिबाट छैटौँ र सातौँ नम्बरमा रहेका दुई वटा गाडी ड्याम्म ठोक्कियो । हामी त के भयो भनेर दौडदैँ थियौँ । गाडी नरोकिएर गैहाल्यो ।’

पद्मोदय मोडमा ट्राफिक जाम थियो । अर्को साइडबाट च्यापेर जाने क्रममा सबैभन्दा अगाडि स्कर्टिङमा रहेको गाडी रोकिएपछि पछाडि रहेका दुई वटा स्करपियो गाडी ठोक्किएको प्रत्यक्षदर्शीले बताए । अगाडिको स्कार्पियो गाडीमा पछाडि रहेको अर्को स्कर्पियो गाडी अनियन्त्रित भै ठोकिन पुगेको थियो । ठोक्किएका स्कर्पियो गाडीहरुका कारण प्रधानमन्त्रीको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

तस्वीर  रिपब्लिका दैनिक

Related Articles

Back to top button