काठमाडौ २७ पुस । अमेरिकाको लस भेगास प्रहरीले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ। बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए टेस्टका लागि पक्राउ पुर्जी जारी गरिएको हो।
अमेरिकाको लस भेगासमा बलात्कारको मुद्दा चलिरहेका रोनाल्डो यतिबेला इटालियन सिरी ए खेलिरहेका छन्। स्पेनको रियल म्याड्रिडबाट ला लिगा खेल्दै आएका रोनाल्डो यो सिजनदेखि इटालियन क्लब युभेन्टसमा गएका छन्।
रोनाल्डोमाथि एक अमेरिकी पूर्वमोडल क्याथरिन मायोर्गाले बलात्कारको आरोप लगाएकी हुन्। उनले घटना सन् २००९ मा लस भेगासको एक होटलमा घटेको बताएकी छन्। रोनाल्डोले भने सबै आरोप गलत भएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।