पुसको ठण्डीमा पनि मेघनाको सेक्सी फोटोले ततायो नेपाली बजार हेर्नुहोस फोटाहरु - Akhabaronline
Highlightमनोरञ्जन

पुसको ठण्डीमा पनि मेघनाको सेक्सी फोटोले ततायो नेपाली बजार हेर्नुहोस फोटाहरु

 

काठमाडौं, १० पुस । मेघना मगरको एक पछि अर्को चर्चा चुलिदै गएको छ । बेलाबेलामा भाइरल बनिरहने नाम हो मेघना मगर । पछिल्लो समय फेरी एक पटक उनी चर्चामा आएकी छन । उनी चर्चामा आउनुको अरु कुनै कारण नभएर हट एण्ड सेक्सी फोटो सुट नै हो । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आएकी छन ।

वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् ।

हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् ।

म्युजिक भिडियो र कोरियोग्राफी गरिरहेकी उनलाई एक्टिङ क्षेत्रमा भने कुनै रहर छैन । ‘‘अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फिल्महरूबाट कोरियोग्राफी र आइटम डान्सको अफर आउंछ भने म काम गर्छु’’, मेघना भन्छिन्, ‘‘म एउटा डान्सर तथा कोरियोग्राफर हो । त्यसैले म एक्टिङलाई भन्दा डान्सलाई नै महत्व दिन्छु ।’’

 

 

Related Articles

Back to top button