काठमाडौं १४ माघ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ। उनको राजधानीको नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ।
सोमवार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका पारसलाई छातिमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य रिपोर्टमा आउन बाँकी छ। उनलाई यसअघि दुईपटक हृदयघात भएको थियो।
AKHABAR ONLINE TV