पूर्वराजा ज्ञानेन्द्र र नारायणकाजी श्रेष्ठबीच जम्काभेट, के भयो कुराकानी - Akhabaronline
राजनीति

पूर्वराजा ज्ञानेन्द्र र नारायणकाजी श्रेष्ठबीच जम्काभेट, के भयो कुराकानी

काठमाडौं ११ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो।

बुहारी र नातिनीहरुको स्वागतका लागि पूर्वाराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडौं फर्किँदै गरेका । श्रेष्ठ पनि विमानस्थलको भिआइपी कक्षमा पुगेपछि दुवैबीच भेट भएको हो। श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए।

हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहन्छ भन्दै सोधेका थिए। जवाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए। उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए।आजको नागरिक दैनिकमा समाचार छ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button