समाचार
पूर्वराज ज्ञानेन्द्रको चलखेल सुरु गोप्यरुपमा भेटघाट सुरुं
काठमाडौ ९ पुस । पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन्। पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोली फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।
गोप्य भेटमा राजतन्त्र र हिन्दु राज्य कायम गर्ने विषयमा छलफल भएको थियो। त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा बढी राप्रपाका नेतासँग भेट गरेका थिए। भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ।