पृथ्वीनारायण शाहलाई थुक्ने कार्यक्रम गर्दै आङकाजी शेर्पा - Akhabaronline
समाचार

पृथ्वीनारायण शाहलाई थुक्ने कार्यक्रम गर्दै आङकाजी शेर्पा

काठमाडौँ २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ। सरकारी तथा गैरसरकारी संघसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत कार्यक्रममा उपस्थित हुनेछन्। नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गर्दैछ। कार्यक्रमको आरम्भ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन्।
यता आदिवासी जनजाति हरुले भने कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छ । खासगरी जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोधमा उत्रिने गरेको छ । हरेक बर्ष झैँ यसपाली पनि उनीहरुले पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छन ।

चर्का जातीय नारा उचाल्दै आउने मध्ये एक हुन – आङकाजी शेर्पा । प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजी आज सरकारले मनाउने पृथ्वी जयन्ती प्रति पनि आक्रामक नै देखिएका छन् ।

उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको रहेको छ । उनले फेसबुकबाट पृथ्वीनारायण शाहको निन्दा गर्दै काठमाडौँको कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यत्रममा सहभागी हुन् पनि अनुरोध गरेको छ ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=20s

Related Articles

Back to top button