समाचार
पौने सात अर्बको हतियार किन्ने तयारी
काठमाडौं ४ पुस । यो वर्ष नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी छ।
सैनिक जवानले प्रयोग गर्ने छ हजार ४९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर तयारी छ। ती हतियार भारतबाट खरिद हुने छैन। व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याएएको रक्षा मन्त्रालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट विनियोजन भएको छ।
AKHABAR ONLINE TV