प्रदेशका माननीयलाई करोडका गाडी, मर्यादापालकलाई रात काट्नै सकस - Akhabaronline
समाचार

प्रदेशका माननीयलाई करोडका गाडी, मर्यादापालकलाई रात काट्नै सकस

काठमाडौं १० माघ । प्रदेश ५ मा सांसद र पदाधिकारीका लागि करौडौँको गाडी छ। चालक, सहयोगी र आवास सुविधा पनि छ। प्रदेशसभाका सचिवसमेत पदाधिकारीकै सुविधा प्रयोग गर्छन्। बाँकी अधिकृत तहका कर्मचारीले पनि यातायात सुविधा पाएका छन्।
सांसद पदाधिकारीका लागि महँगो टाटा स्ट्रोम गाडी दिने प्रदेशसभाले मर्यादापालकलाई भने न्यूनतम सुविधा पनि दिएको छैन। प्रदेशसभा सचिवालयको तेस्रो तलामा आल्मुनियमले पार्टेसन गरेर तीनवटा साँघुरा ‘चेन्जिङ रुम’ बनाइएको छ। दुई कोठा पुरुष र एक कोठाम महिला मर्यादापालकका लागि व्यवस्था गरिएको छ। यही कोठामा ४३ मर्यादापालक कपडा फेर्ने र रात बिताउने गर्छन्।आजको नागरिक दैनिकमा समाचार छ ।
मर्यादापालकको कपडाले कोठा भरिएको छ। ओढ्ने ओछ्याउने सिरक र विस्तारा बेरेर राखिएको छ। यो दृश्य हेर्दा कुनै कबाडखानाभन्दा कम देखिँदैन। ‘प्रदेशसभाबाट खाजा पाउने आश छैन, मर्यादापालकलाई मानवीय रूपमा पनि राख्न पाइएको छैन’,मर्यादापालक प्रमुख प्रहरी निरीक्षक होमप्रकाश चौधरीले भने। मर्यादापालक भेडाबाख्राजस्तै गरी भुइँमा सुत्ने गरेका छन्।

Related Articles

Back to top button