काठमाडौ १४ माघ । प्रदेश न १ को सचिवालयले सांसदहरुको लिंग परिवर्तन गरेको छ । सचिवालयले सात जना महिला सांसदको लिंग परिवर्तन गरेर पुरुष बनाएको हो । लिंग परिवर्तन गरेर पुरुष बन्ने महिला सांसदहरुमा इलाम क्षेत्र नं १ (क) बाट प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु, धनकुटाकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ, पाँचथरकी आशारत्न जबेगू, मोरङकी कृष्णकुमारी राई, मोरङकै गुलेफुन खातुन, झापाकी जसमाया गजमेर (विश्वकर्मा), भोजपुरकी सौभाग्यवती देवी राईको प्रदेश १ को सचिवालयले लिंग परिवर्तन गरेर पुरुष बनाएको हो । देशसभाको यो लिंग परिवर्तन काम यतिमा मात्र रोकिएको छैन। सुनसरी क्षेत्र नं। ३ (क) बाट निर्वाचि लीलम बस्नेत पुरुष हुन्। उनको पनि लिंग परिवर्तन गरी महिला बनाइएको छ।
माथि उल्लेख गरिएका सांसदहरुको लिंग परिवर्तन भने प्रदेशभाको आधिकारिक वेबसाइटमा गरिएको हो । वेबसाइटमा राखिएको सांसदहरुको सूचीमा पुरुषलाई महिला र महिलालाई पुरुष उल्लेख गरिएको छ।
नेकपाका सांसदहरूको मात्रै लिंग परिवर्तन प्रदेशसभाको वेबसाइटमा पुरुषलाई महिला र महिलालाई पुरुष उल्लेख गरिएकोसांसद सत्तारुढ नेकपाका मात्रै छन्। प्रदेश १ मा ९३ सांसद छन्। ६७ सांसद भएको नेकपाका आठ सांसदको लिंग परिवर्तन गरिएको छ। २१ सांसद भएको नेपाली कांग्रेस, तीन सांसद भएको संघीय समाजवादी फोरम र १÷१ सांसद भएका संघीय लिम्बुवान मञ्च र राप्रपाका सांसदहरूको भने लिंग परिवर्तन गरिएको छैन।
AKHABAR ONLINE TV