प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत
काठमाडौं १८ श्रावण । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। समितिको निर्णयप्रति कांग्रेसकातर्फबाट समिति सदस्यले भने बैठक बहिष्कार गरेका छन्।
कांग्रेसले दुई तिहाइ बहुमतको आधारमा प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत गर्ने निर्णयको विरोधमा आफूहरुले बैठक बहिष्कार गरेको कांग्रेसकातर्फबाट समिति सदस्य ज्ञानेन्द्र कार्कीले जनाए। १५ सदस्यी समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, संघीय समाजवादी फोरम नेपालका एक राजपाका एक सदस्य छन्।
कांग्रेस सांसदहरू निस्केपछि बसेको समिति बैठकले जोशीबारे मतदान भएको थियो। सभापति कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले उनको सिफारिश अस्वीकृत भएको बताए। १५ सदस्यीय समितिमा संघीय समाजवादी फोरम र नेकपाका सांसदको दुई तिहाइ पुग्छ।
नेपालको संसदीय सुनुवाइ समितिको इतिहासमा पहिलो पटक समितिले प्रधानन्यायाधीशमा सिफारिश भएकालाई अस्वीकृत गरेको हो।