प्रधानन्यायाधीश अस्वीकृत भएयता जोशीले हेरे २८७ मुद्दा - Akhabaronline
समाचार

प्रधानन्यायाधीश अस्वीकृत भएयता जोशीले हेरे २८७ मुद्दा

 

काठमाडौ‌ं १७ पुस । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २८७ मुद्दा हेरेका छन्। उनको एकल इजलासमा मात्रै ६६ वटा पेशी तोकिएका थिए। जोशीले गरेका केही आदेश विवादमा समेत परेका छन्।
सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ३७ दिन बिदामा बसे। २६ भदौदेखि जोशी नियमित कामका लागि सर्वोच्च जान थाले। तर, प्रधानन्यायाधीश मिश्रले जोशीलाई दुई दिनसम्म पेशी तोकेनन्। उनी सर्वोच्च पुगेर हाजिर गर्थे, फर्किन्थे । २८ भदौमा भने जोशीको एकल इजलासमा पेशी तोकियो । उनको इजलासमा १ हजार ५०५ वटा पेसी तोकिएकोमा हालसम्म २ सय ८७ मुद्दा हेरेका छन्। बिदा सकेर सर्वोच्च फर्केपछि जोशीको इजलासमा २८ भदौदेखि असोज मसान्तसम्म ६६ वटा पेशी तोकिएको थियो ।

जसमा ४३ मुद्दामा कारण देखाउ आदेश, मिसिल भिकाउने आदेश गरेका छन् भने आठ मुद्दामा मात्रै फैसला गरेका छन्। कात्तिकमा जोशीसहित संयुक्त इजलासमा पेशी तोकियो। संयुक्त इजलासमा कात्तिक महिनामा ३ सय ९० पेशी तोकिएकोमा ४४ मुद्दामा फैसला गरेका छन् भने ४२ मुद्दामा आदेश जारी गरेका छन्। मंसिरमा जोशीसहितको संयुक्त इजलासमा ७२२ पेसी तोकिएकोमा ५४ मुद्दामा आदेश र ४३ मुद्दामा फैसला भएको छ ।

पुसको दोस्रो साता अर्थात् १५ पुससम्म जोशीसहितको संयुक्त इजलासमा ३२७ पेसी तोकिएकोमा ४२ मुद्दामा आदेश भएको छ, ११ वटाको फैसला भएको छ ।आजको नया पत्रिकामा समाचार छ ।

Related Articles

Back to top button