प्रधानमन्त्रीले नै संसदको गरिमा बिर्सेपछि. - Akhabaronline
राजनीति

प्रधानमन्त्रीले नै संसदको गरिमा बिर्सेपछि.

काठमाडौं २७ पुस । संसदको लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गरेर उक्त लोगो लगाउन पाइँदैन। तर लोगो लगाउने हैसियत बनाएकाहरू यसको महत्त्व बुझ्दैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन्। उनले आइतबराको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै। यो दिनमात्र होइन, प्रधानमन्त्री ओली प्रायजसो संसद् आउँदा लोगो लाएको पाइँदैन।
कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाए। डिल्लीबजार सदरखोर जेलमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो। सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो। संसद्को र सरकारको लोगो अलग्गै छ। संसद्को भन्दा केही ठूलो छ सरकारको।
मन्त्रीले सरकारको लोगो लगाउँछन्। संसद् भवन नयाँ बानेश्वर पस्दा सांसदको लोगो चेक हुन्छ अनिमात्र भित्र पस्न पाइन्छ। कुनै दिन लोगो नलगाई गएका सांसदले समेत गेटमा झन्झट बेहोर्नुपर्छ। आजको नेपाल समाचारपत्र दैनिक खबर छ ।

Related Articles

Back to top button