प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा नेविसंघका ८ नेता पक्राउ - Akhabaronline
राजनीति

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा नेविसंघका ८ नेता पक्राउ

कपिलबस्तु १८ माघ । नेपाल विद्यार्थी संघको सञ्चालन गरेको विरोध प्रदर्शनका क्रममा तौलिहवाबाट ८ पक्राउ परेका छन । सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
संघका कार्यकर्ताले सदरमुकाम तौलिहवाको प्रशासन चोकमा साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरूलाई पाखा लगाउदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरिएको थियो।

विरोध प्रदर्शनकै बीचमा प्रहरीले नेविसंघका सहमहामन्त्री प्रकाश घिमिरेसहित ८ जनालाई पक्राउ गरेको छ। संघका जिल्ला सभापति राकेश पाण्डेय, परमेश्वर पाठक, सचिव राजु खराल, धिरेन्द्र पाण्डेय, राजेश उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको संघका उपाध्याक्ष अनिल क्षेत्रीले बताए।

 

Related Articles

Back to top button