प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथद्धारा मनार्थ महारथीको दज्र्यानी - Akhabaronline
समाचार

प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथद्धारा मनार्थ महारथीको दज्र्यानी

 

काठमाडौँ, २८ पुस । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ जानुभएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button