प्रबासी युनिकको तेश्रो श्रृखलाको दोहोरी सम्पन्न (भिडियो सहित)
काठमाडौ १७ पुस । प्रवासी युनिक सास्कृतिक मञ्च प्रालिले तेश्रो श्रृङखलाको दोहोरी घम्साघम्सी सम्पन्न गरेको छ । वाचअप ग्रुप मार्पmत सञ्चालन हुने दोहोरी घम्साघम्सी तेश्रो श्रृङखला विहिबार सम्पन्न भएको थियो । बरिष्ठ गायक मधु कुवरको आतिथ्यतामा संस्थाका अध्यक्ष विरु केसीद्धारा दोहोरी घम्साघम्सी सञ्चालन गरिएको थियो । घम्साघम्सीमा गायक मन्जु थापा र प्रेम आचार्यको दोहोरी तथा मनिस राना र मिना गुरुङको दोहोरी घम्सा घम्साघम्सी र लोक तथा आधुनिक गायिका किसु गुरुङको एकल प्रस्तुती राखिएको थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शुष्मा ठकुरीले राष्ट्रिय गान गाएर कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रम अवधीभर संस्थाका सचिव प्रकाश बाठा मगर र उपाध्यक्ष शान्ति खनालले प्राविधिक पाटो सम्हालेका थिए । संस्थाले प्रत्येक विहिबार वाचअप गु्रप मार्पmत अनलाइन दोहोरी घम्साघम्सी सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष विरु केसीले बताएका छन ।
विहिबार सञ्चालन गरिएको घम्साघम्सीको भिडियो हेर्नुहोस