प्रभु बैँकले १० प्रतिशत लाभांश सेयर दिने - Akhabaronline
अर्थ

प्रभु बैँकले १० प्रतिशत लाभांश सेयर दिने

काठमाडौं २२ पुस । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबारको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४र७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो। यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ। भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। आव २०७४र७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पूँजी ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने तीन करोड ९६ हजार नगद लाभांश वितरण गर्न लागिएको हो। बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि वितरण गरिनेछ।

Related Articles

Back to top button