प्रभु बैंकका ग्राहकलाई काठमाण्डौं नेत्रालयमा छुट - Akhabaronline
Highlightअर्थबैंकिङ

प्रभु बैंकका ग्राहकलाई काठमाण्डौं नेत्रालयमा छुट

काठमाडौ २२ भदौ । प्रभु बैंकका ग्राहकले काठमाण्डौं नेत्रालय प्रा. लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र गोल्फुटार स्थित काठमाण्डौं नेत्रालय प्रा। लि। बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा। लि।का तर्फबाट निर्देशक रोहित सैंजुले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले काठमाण्डौं नेत्रालय प्रा। लि।द्धारा सञ्चालित सम्र्पूण सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौता अन्तर्गत काठमाण्डौं नेत्रालय प्रा। लि।मा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाण्डौं नेत्रालय प्रा। लि।का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले उल्लेख गरेको छ ।

Related Articles

Back to top button