प्रवासमा रहेर अनलाइन मार्फत दोहोरी सञ्चालन गर्दै प्रवासी युनिक सास्कृतिक मञ्च - Akhabaronline
मनोरञ्जन

प्रवासमा रहेर अनलाइन मार्फत दोहोरी सञ्चालन गर्दै प्रवासी युनिक सास्कृतिक मञ्च

 

काठमाडा्र ९ पुस । नेपाली कला सास्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको प्रवासी सास्कृतिक मञ्च प्रालिले हरेक विहिबार दोहोरी घम्साघम्सी सञ्चालन गर्दै आएको छ । प्रवासमा रहेर पनि नेपाली लोक सास्कृतिको संरक्षण तथा श्रष्टा र सर्जकहरुको सम्मानका लागि संस्थाको स्थापना भएको प्रवासी युनिक सास्कृतिक मञ्चका अध्यक्ष विरु केसीले बताएका छन । अध्यक्ष केसीका अनुसार हाल संस्था हप्तामा एक पटक दोहोरी घम्साघम्सी सञ्चालन गर्दै आएको छ । आधिकारिक रुपमा संस्था दर्ता गरी सामाजिक सञ्जाल वाचअप गु्रप मार्पmत अनलाइन दोहोरी सञ्चालन गर्दै आएको जानकारी दिएका छन ।

प्रत्येक हप्ताको विहिबार वाचअपमा गु्रप मार्फत दोहोरी सञ्चालन गर्र्दै आएको प्रवासी युनिक सास्कृतिक मञ्च प्रालिले दोश्रो संस्करण दोहोरी पनि सम्पन्न गरिसकेको सस्थाकी उपाध्यक्ष शान्ति खनालले अखबारअनलाइनलाई बताइन । उपाध्यक्ष खनालका अनुसार प्रत्येक विहिबार तीन समूहमा गायक गायिकाको समुहले दोहोरी घम्साघम्सी गर्ने गरेका छन । साथमा हास्य कलाकाहरुको हास्यव्यङग्य प्रस्तुती समेत राख्ने गरिएको बताइन । यस गु्रपमा अन्य बार भने कलाकारहरुले आफनै तरिकामा दोहोरी खेल्ने छन भने विहिबार विशेष प्रस्तुतीमा नियम संगत रुपमा दोहोरी घम्साघम्सी हुने गरेको उपाध्यक्ष खनालले बताइन ।
हाल यस संस्थामा ११ जनाको कार्यसमिति रहेको छ । अध्यक्षमा विरु केसी उपाध्यक्षमा शान्ति खनाल, सचिवमा प्रकाश बाठामगर, सहसचिवमा टेकेन्द्र परियार, कोषाध्यक्षमा सुश्मा ठकुरी, सहकोषाध्यक्षमा सिर्जना मगर रहेका छन । त्यसैगरी संस्थाको बरिष्ठ सल्लाहकारमा गायक मधु कुवर रहेका छन सल्लाहकार मञ्जु थापा, लाल सिंह कुमाल, हरिस कुमार बडौल तथा सिता विक रहेका छन । गत विहिबार सञ्चालन भएको दोहोरी घम्साघम्सीमा गायक मनिस राना र निर्मला केसीले ‘मै मरेर पनि’ बोलको गीतबाटा दोहोरी घम्साघम्सी गरेका थिए भने गायक नारायण न्योपाने र गायिका रुपा परियारले ‘ऐना हेरेर’ भन्ने बोलको गीतमा घम्साघम्सी गरेका थिए । त्यसैगरी गायक हिमाल शर्मा र गायिका माया गुरुङले ‘म त उस्तै छु’ बोलको गीतमा घम्साघम्सी गरेका थिए । साथमा मनोज कान्छाको हास्य कमेडी प्रस्तुत गरेका थिए । गायक प्रेम आचार्यको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाइृ संस्थाकी उपाध्यक्ष शान्ति खनालले सञ्चालन गरेकी थिइन भने कार्यक्रमा सचिव सुस्मा ठकुरीले राष्टिय गीत प्रस्तुत गरेकी थिइन ।
भिडियो यस प्रकार रहेको छ ।

https://www.youtube.com/watch?v=v4H3tbdyljc&t=5s

Related Articles

Back to top button