काठमाडौ २ माघ । बाग्लुङमा प्रहरीले दुइ जना स्थानीयलाई कुटपिट गरेको छ । जिल्लाको गलकोट नगरपालिका स्थित हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट वडा नंं।६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका हुन्।
प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो।
घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने सोम बस्नेतका आफन्तको माग रहेको छ । बस्नेतकी श्रीमती श्रीमती कृष्णकुमारीले भनिन्। कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c