प्रहरीमा भर्ती हुने हैन त ? तीन हजार दरबन्दी थप - Akhabaronline
समाचार

प्रहरीमा भर्ती हुने हैन त ? तीन हजार दरबन्दी थप

काठमाडौं १२ पुस । सरकारले नेपाल प्रहरीमा तीन हजारभन्दा बढी दरबन्दी थप गरेको छ। करिब ७५ हजार जनशक्ति कार्यरत रहेकोमा थप तीन हजार १०१ अधिकृत तथा जवानको दरबन्दी स्वीकृत भएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी चौकी स्थापना गर्ने अवधारणाअनुसार तीन हजारभन्दा बढी अधिकृत तथा जवानको जनशक्ति थप भएको जानकारी दिए। थपिएकामध्ये ९५ प्रतिशत जवान र बाँकी अधिकृत तथा जुनियर अधिकृतको दरबन्दी रहेको प्रहरी मुख्यालयले जनाएको छ।

साधनस्रोत र हरेक काम प्रविधिमैत्री बनाउने हो भने जनशक्ति थप्ने बोझिलो निर्णयबाट सरकार मुक्त हुनसक्ने जानकारहरु बताउँछन्। अहिलेको पारिश्रमिक अनुसार एक जना जवानकालािग सरकारलाई वार्षिक चार लाख ५० हजारभन्दा बढी आर्थिक भार पर्न जान्छ। आजको कारोबार दैनिकमा खबर छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button