समाचार
प्रहरीलाई घुस दिदादिदै एक जना पक्राउ
जनकपुरधाम १८ माघ । प्रहरीलाई घुस दिएर पक्राउ परेकालाई छुटाउन खोज्ने एक जना प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका अलि अख्तर मियाँ मंसुरीलाई छुटाउन पक्राउ परेका जफिर आलमलाई पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासत कक्षमा थुनामा रहेका प्रतिवादी अलि अख्तर मियाँ मंसुरीलाई घुस दिएर छुटाउन खोज्ने बारा जिल्लाको प्रसौनी गाउँपालिका २ खुटवा बस्ने २३ वर्षीय जफिर आलम पक्राउ परेका हुन ।
प्रतिवादी मंसुरीसँग भेटघाट गर्न आएका आलमले आजै छाडी दिए बापत १४ हजार ५ सय जबरजस्ती दिन खोजेको आरोपमा पक्राउ गरेको हो। यता निज आलामलाई घुस दिन ल्याएको रकमसहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।