फरक फरक नाम बताउने महिलाको कोठामा एक बालको शव फेला - Akhabaronline
Highlightसमाचार

फरक फरक नाम बताउने महिलाको कोठामा एक बालको शव फेला


मेलम्ची ७ पुस । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा सात वर्षीय एक बालक मृत फेला परेका छन्।

स्थानीय टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेश शुक्रबार साँझ ६ः३० बजे सोही घरको अर्को कोठामा बस्ने एक महिलाको कोठामा मृत भेटिएका हुन्।

बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले नै हत्या गरेको आशङ्का प्रहरीले गरेको छ। उनलाई मेलम्ची इलाका प्रहरी कार्यलयमा ल्याइ अनुसन्धान थालेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

बालकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Related Articles

Back to top button