फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा ६ जना पक्राउ - Akhabaronline
समाचार

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा ६ जना पक्राउ

नुवाकोट ३० श्रावण । फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा ६ जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् ।

‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।

Related Articles

Back to top button